डिपिएल: छ टोलीले किने ७२ खेलाडी

खेलपेपर, काठमाडौं ।
२१ पौष २०७५

 तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) सम्पन्न भएको छ । 

यही माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छवटा क्लबले अक्सनबाट ७२ खेलाडी र ट्यालेन्ट हन्टबाट छजना खेलाडी छनोट गरेका छन् ।

सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।

अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन । यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये छ जनालाई छ वटा टोलीले एक÷एक खेलाडी लिएका छन् ।

अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले रु १४ लाख ४५ हजार खर्च ग¥यो । यस्तै सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु नौ लाख ९० हजार तथा दिपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले रु नौ लाख खर्च ग¥र्यो ।

अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भिम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम मूल्य दुई लाख ५० हजार हजारमा बिक्री भएका छन् ।

यस्तै यस पटक प्रदिप ऐरी रुपन्देहीमा २ लाख ४० हजार, सन्दीप जोरालाई सीवाईसी अत्तरियामा २ लाख ३० हजार, रोहित पौडेल २ लाख ३० हजार र भुवन कार्की अत्तरियामा २ लाख १० हजारमा अनुबन्धित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *