डिसेम्वरमा हिमालयन ओरियन्टियरिङ च्याम्पियनसीप हुने

काठमाण्डौ, खेलपेपर । नेपाल ओरियन्टियरिङ फेडेरेशनको आयोजनामा आगामी डिसेम्वरमा नेपालमा अन्तराष्ट्रिय ओरियन्टियरिङ च्याम्पियनसीप आयोजना हुने भएको छ । फेडेरेशनले दिएको जानकारी अनुसार प्रतियोगितामा स्प्रीन्ट, मिडल र लङ डिस्टेन्स गरी तीन स्पर्धामा खेलाडीहरु विच प्रतिस्पर्धा हुनेछ । काठमाण्डौ र पोखरामा आयोजना हुने खेलका लागी खेल स्थल पनि तय भइसकेको फेडेरेशनले जनाएको छ ।

हिमालयन ओरियन्टियरिङ च्याम्पियनसीप नाम दिइएको प्रतियोगिताका दुई खेल काठमाण्डौ र एक खेल पोखरामा संचालन हुनेछ । भिजिट नेपाल इयरका लागी लक्षित गर्दै पनि प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाले जनाएको छ । प्रतियोगिताका लागी अन्तराष्ट्रिय ओरियन्टियरिङ फेडेरेशनसँग पनि सम्पर्क भइसकेको बताइएको छ ।

प्रतियोगितामा सहभागिताका लागी ८१ देशका खेलाडीलाई निमन्त्रणा पनि पठाइसकिएको संस्थाले जनाएको छ । प्रतियोगितामा तीन सय भन्दा बढी विदेशी खेलाडी र नेपाली खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । विदेशी खेलाडीहरुलाई खेलका अलावा विभिन्न पर्यटकिय स्थलको भ्रमण, ¥याफटिङ र सांस्कृतिक भ्रमणको पनि ब्यवस्था मिलाइएको संस्थाले जनाएको छ । प्रतियोगिता २३ डिसेम्वरबाट शुरु भएर ३१ डिसेम्वरमा सम्पन्न हुनेछ । प्रतियोगिता सम्बन्धि जानकारीका लागी www.orienteeringnepal.com पनि लग इन गर्न सकिने संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *