डेटिङको प्रस्ताव गर्दा गेयललाई जरिवाना

वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेल १० हजार अष्ट्रेलियन डलर जरिवाना तिर्न बाध्य भएका छन् । एक प्रत्यक्ष टिभी अन्र्तवार्तामा टिभी रिर्पोटरलाई डेटिङको लागी प्रस्ताव गरेको आरोप लगाउदै उनकै क्लवले यस्तो निर्णय गरेको हो । होबर्टमा भएको बिग ब्यास लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताका दौरान गेयल ती महिला पत्रकार सग कुराकानी गरिरहेका थिए ।
उनले त्यो बेला भनेका थिए ‘ तिम्रो आखामा पहिलो चोटी हेर्दा आनन्द आउछ । मलाई आशा छ हामी कुनै बेला ड्रिंकका लागी सगै जान सक्छौ , प्रिय मलाई मख्ख नपार । ’ गेयलले सो घटना पछि क्षमा मागेका थिए तर उनले सो भनाईमा त्यस्तो अपमान हुने र विरोध गर्ने खालको नभएको दावी पनि गरेका छन् । यो घटना पछि गेयलले चौतर्फी विरोधका स्वर सुन्नु परेको थियो । नेटवर्क टेनकी म्याक लाफलिनले सोधेका प्रश्नको जवाफ दिइरहदै गर्दा गेयलले यस्तो धारणा राखेका थिए । गेयलले यसलाई सामान्य हसी मजाक भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *