डेनमार्क पनि युरो कपको सेमिफाइनलमा

एजेन्सी, १९ असार
चेक रिपब्लिक माथी २-१ गोल अन्तरको जीत दर्ता गराउदै डेनमार्क युरो कप फुटवलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार राती भएको पहिलो खेलमा डेनमार्कले चेक रिपब्लिक माथी रोमान्चक जीत दर्ता गराएको हो । बाकु शहरमा आयोजित क्वार्टरफाइनल खेलमा डेनमार्कले पहिलो हाफमा नै २-० को अग्रता लिएको थियो । दोस्रो हाफम चेक रिपब्लिकले एक गोल फर्काएर खेलमा रहने प्रयास गरेपनि अन्तत त्यो सफल हुन सकेन । यो सँगै सेमिफाइनलमा पुग्ने तीन टिमको टुङगो लागेको छ । स्पेन र इटली यस अघि नै सेमिफाइनलमा प्रवेश गर्न सफल भइसकेका छन् । स्पेनले स्वीजरल्याण्ड माथी जीत दर्ता गराएको थियो । अर्को खेलमा इटलीले बेल्जियम माथी २-१ गोल अन्तरको जीत दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *