डेनमार्क युरोकपको क्वार्टरफाइनलमा

एजेन्सी,१२ असार
वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप फुटवलको क्वार्टरफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ । शनिवार राती भएको खेलमा वेल्स विरुद्ध डेनमार्कले चार शुन्य गोल अन्तरको जीत दर्ता गरायो । शुरुवात देखी नै बलियो देखिएको डेनमार्कले खेल अवधिभर वेल्सलाई आक्रमण गर्ने अवसर नै दिएन ।
अन्तिम १६ मा स्थान बनाउने अन्य टिमहरुमा अष्ट्रिया, बेल्जियम, क्रोएशिया, चेक रिपब्लिक रहेका छन् । अघिल्लो चरणमा प्रवेश पाउने अन्य भाग्यमानी टोलीमा इङल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्डस, पोर्चुगल, स्पेन, स्वीडेन, स्वीजरल्याण्ड र युक्रेन रहेका छन् । यो प्रतियोगिताको समुहगत चरणबाटै बाहिरिने टोलीमा फिनल्याण्ड, हंगेरी, नर्थ मेसेडोनिया,पोल्याण्ड, रसिया, स्कटल्याण्ड, स्लोभाकिया र टर्की रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *