ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता

काठमाडौं : बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ ।आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो

नेपालीहरुको महानपर्व दशैको कोजाग्रत पुर्णिमाको अवसरमा आयोजना हुने मेलामा पुरुष र महिला नगरपालिकास्तरीय मेयर रनिङ शिलड भलिबल प्रतियोगिता, रस्सा कस्सा, महिला र पुरुष छेलो, जिल्ला स्तरीय खुल्ला ब्याडमिन्ट प्रतियोगिता र जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो च्याम्पियनसिप आयोजना हुनेछ । यसबाहेक खुल्ला एकल नृत्य, सामुहिम नृत्य, पञ्चेबाजाका साथै कृषि प्रदर्शनी, सराय नाँच र विविभ झाँकी प्रदर्शन हुने क्लबका अध्यक्ष सोम बहादुर पौ.वी.ले जानकारी गराए ।

प्रतियोतिमा १६ भन्दा बढी टोलीको सहभागिता रहे नकआउट र १६ भ्नदा कम रहे लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने अन्तर्राष्ट्रिय रेफ्री कुल बहादुर रानाले जानकारी गराए । रनिङ गोल्डकप २३ असोजबाट २ कात्तिकसम्म सञ्चालन हुनेछ ।भलिबलतर्फको पुरुषतर्फको विजेताले स्वर्णजडित कपसँगै १ लाखरु रुपैया हात पार्नेछ । दोस्रोले ६० हजार रुपैया हात पार्नेछ । महिलाको विजोले ६० हजार र उपविजेताले ४० हजार पाउनेछ ।

रस्सा कस्साको विजेताले १५ हजार र दोस्रो हुनेले १० हजार पाउनेछ । पुरुष र महिला छेलो विजेताले १० हजार तथा दोस्रोले ५ हजार पाउनेछ ।तेक्वान्दोको विजेताले २० हजार दोस्रोले १५ हजार पाउनेछ । ब्याडमिन्टनको पुरुष डबल्स ‘ए’ को विजेताले २५ हजार, दोस्रोले १५ हजार तेस्रो हुनेले समान ३–३ हजार पाउनेछ । पुरुष डबल्स् ‘बी’ ले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले समान २–२ हजार पाउने आयोजकले जनाएको छ ।प्रतियोगिताको अनुमानित लागत ३६ लाख रुपैया रहेको छ ।

Leave a Reply

Your email address will not be published.