तेक्वान्दो : नेपाललाई थप दुई स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको फाइटतर्पm बुधबार नेपालले थप दुई स्वर्ण जितेको छ ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न ६ स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि सक्षम कार्की र संगीता बस्यालले स्वर्ण दिलाए । महिला ६२ केजी तौलसमूह मुनिको फाइनलमा संगीताले भारतकी गगनजोत गिललाई १८–९ ले हराउँदै स्वर्ण जितिन् ।

उक्त तौल समूहमा पाकिस्तानकी जोया सबिर र श्रीलंकाकी नुवान्थी लकमलले कांस्य जितिन् । सक्षमले भने फाइनलमा पाकिस्तानका वकर अलिलाई २७–९ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका बालापतियगे र भारतका चैतण्य विजयले कांस्य पदक जित्न सफल भए । त्यस्तै भारतले तीन स्वर्ण र श्रीलंकाले एक स्वर्ण जित्न सफल भयो ।

पुरुष ७४ केजीमुनि भारतका जर्नेल सिंहले स्वर्ण जित्दा पाकिस्तानका जाबरन खानलाई ४१–२६ को हार सामना गर्न बाध्य बनाए । नेपालका निश्चल श्रेष्ठ र श्रीलंकाका दर्साना कुमाराले कांस्य पदक जिते । ६३ केजीमुनि श्रीलंकाका चलिन्डा सम्पथले स्वर्ण जित्न सफल भए ।उनले फाइनलमा भारतका सौरभलाई सडन डेथमार्पmत हराए । यस तौलमा नेपालका ज्ञानेन्द्र हमाल र पाकिस्तानका महमुद खानले कांस्य पदक जिते ।

महिलातर्पm ७३ केजीमाथि भारतकी रोदाली बरुवाले फाइनलमा नेपालका निसा रावललाई ३२–९ ले स्तब्ध बनाउँदै स्वर्ण जितिन् ।५३ केजीमुनि भारतकी लतिका भण्डारीले फाइनलमा पाकिस्तानकी आयसा अफसरलाई ४०–१० ले हराउँदै स्वर्ण जितिन् । यस तौलमा नेपालकी अस्मिता खड्का र श्रीलंकाकी दसुना निमेसाले कांस्य जित्न सफल भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *