तेक्वान्दो मास्टर गुरुङद्वारा खेल सामग्री सहयोग

खेलपेपर, काठमाडौं।
२ माघ २०७५

हङकङमा बसोबास गर्दै आएका तेक्वान्दो मास्टर गणेश गुरुङले नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं–३ लाई तेक्वान्दो खेल सामग्री सहयोग गर्नुभएको छ । गुरुङले हङकङबाट पठाएको सामग्री उहाँका प्रतिनिधि मनोज खड्गीले चेस्ट कभर, ग्लोभ्सलगायतका सागम्री प्रदेश नं ३ लाई प्रदान गर्नुभयो ।

प्राप्त सामग्री प्रदेशअन्तर्गत रहेका जिल्लालाई प्रदान गरिने नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ का संयोजक केशव पुरीले जानकारी दिनुभयो । हङकङमा बस्दै आउनुभएका तेक्वान्दो मास्टर गुरुङले यसअघि पनि नेपाली खेलाडी र विभिन्न डोजाङलाई खेल सामग्री सहयोग गर्दै आउनुभएको थियो । गुरुङले हङकङमा आफ्नै डोजाङमा तेक्वान्दो खेलाडीलाई प्रशिक्षण गराउँदै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *