त्रिभुवन आर्मीद्वारा मछिन्द्र पराजित

खेलपेपर, काठमाडौं।
२२ पौष २०७५

विभागीय टोली त्रिभुवन आर्मी क्लबले यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा चौथो स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

हल्चोकस्थित मैदानमा लिगको अन्तिम खेलमा मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्मीले चौथो स्थान पक्का गरेको हो । आर्मीका लागि कप्तान भरत खवासले दुई तथा टङ्क बस्नेतले एक गोल गरे । मछिन्द्रवरुद्धको खेलमा २९औँ मिनेटमा टङ्कले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफपछि आर्मीले थप दुई गोल ग¥यो ।

खेलको ६२औँ मिनेट र ७३ आँैं मिनेटमा भरतले गोल गरेका थिए । आर्मीले अहिलेसम्म लिगको उपाधि जित्न सकेको छैन । मछिन्द्र १३ खेलबाट सात अङ्क जोडेर लिगको १३औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *