थापा फासी चढ्न तयार

काठमाडौ, २ असार

अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफुले एक रुपैया पनि भ्रष्टाचार नगरेकार र त्यस्तो प्रमाणित भए आफु फासी चढ्न तयार भएको बताएका छन् । ब्राजिलबाट हतार हतार नेपाल फर्केका अध्यक्ष थापाले सोमवार आयोजित पत्रकार सम्मेलनमा भने मैले कुनै गल्ती गरेको छैन , गरेको प्रमाणित भएमा फासी चढ्न पनि तयार छु । पूर्व फिफा उपाध्यक्ष मोहम्मद विन हमामले उनलाई दिएको लाखौ डलर रकमको विषय एक व्रिटिस पत्रिकाले खुलासा गरेको थियो । सो खुलासा पछि उनका विषयमा नेपाली संचार माध्यमहरुले समाचार संप्रेषण गरेका थिए । थापाको विपक्षमा अहिले उपाध्यक्ष कर्माछिरी शेर्पा, विजय मानन्धर लगायतको टोली आन्दोलनरत छ । एन्फा अध्यक्ष थापाले आफुले सो रकम ब्यापारीक प्रयोजनले लिएको र विन हमाम आफनो ब्यापारीक साथी पनि भएको तर्क गरे । तर उनले के ब्यापार भन्ने विषयमा भने केही पनि बताएनन् । उनले भने म सम्बन्धित ठाउमा नै यो विषयमा बताउला । तर अहिलेसम्म  उनले त्यस्तो के ब्यापार गरे भन्ने विषयमा कसैलाई पनि केही पनि जानकारी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *