थ्री स्टार उपविजेतामा सीमित

खेलपेपर, काठमाडौं।
१० फाल्गुन २०७५

थ्री स्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ । शुक्रबार भएको फाइनलमा भुटानको पारो फुटबल क्लबसँग १–० गोलले पराजित हुँदै थ्रीस्टार उपविजेतामै सीमित बनेको हो । पारोको जितमा एकमात्रै निर्णायक गोल चेन्चोले खेलको ७३ मिनेटमा गरेका थिए ।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान पारो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । यस्तै पारो एफसीले सेमिफाइनल र फाइनलमा दुवै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल दुईसहित १२ क्लबको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *