थ्री स्टार दोस्रो स्थानमा उक्लियो

खेलपेपर, काठमाडौं ।
१९ मङ्सिर २०७५

एक गोलले पछाडी पारेको स्थितिलाई उल्टाउँदै रुस्लान थ्री स्टारले पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वती युवा क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा निराजन खड्का र रञ्‍जित धिमालले १-१ गोल गरे । भिक्टर अमोबीले पेनाल्टीलाई गोलमा परिणत गर्दै १-० को अग्रता दिलाए । थ्री स्टारले १६ औं मिनेटमा नै गोल फर्कायो । रञ्‍जित धिमालले पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
३५ अौं मिनेटमा रन्जन विष्टले दायाँ विङबाट दिएको लो क्रसमा निराजन खड्काले ६ यार्ड बक्सभित्र डाइभिङ हेडरमा गोल गरेर रुस्लान थ्री स्टार क्लबलाई आग्रता दिलाये।

यस जितसँगै थ्री स्टार अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ६ खेलमा ५ जित र १ हारसँगै १५ अंक जोडेको छ । तेस्रो खेलमा मनाङसँग पराजित भएपछि थ्री स्टारको यो लगातार तेस्रो जित हो । लगातार पराजय भोगेको सरस्वती भने अंक तालिकामा नवौं स्थानमा पुगेको छ । सरस्वतीले ६ खेलमा २ जित सहित ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *