दुई गल्फर प्रतियोगिता खेल्न सिंगापुरमा

काठमाण्डौ, खेलपेपर ।
एशिया प्यासिफिक एमेच्योर गल्फ च्याम्पियनसीपमा सहभागी हुन दुई नेपाली गल्फर मंगलवार सिंगापुर तर्फ प्रस्थान गरेका छन् । सिंगापुरको सेन्तोषा गल्फ क्लवमा संचालन हुने च्याम्पिनसीपमा सहभागी हुने खेलाडीहरुमा टंक बहादुर कार्की र शुक्र बहादुर राई रहेका छन् । प्रतियोगिता विहिवारबाट शुरु हुनेछ । दशौ संस्करणको यो प्रतियोगिता ७२ होलको हो । चार दिनसम्म चल्ने यो प्रतियोगितामा ३६ होल पछि एउटा कट रहने बताइएको छ । विश्व वरियतामा टंक १६७२ औं स्थानमा छन् । यता शुक्र राई १८२० औं स्थानमा छन् । यो प्रतियोगिताका लागी उनीहरुलाई एशिा प्यासिफिक गल्फ कन्फेडेरेशनले निम्ता पठाएको थियो । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सिंगापुर जाने खेलाडीहरुलाई एक कार्यक्रम विच विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *