दोस्रो स्थानमा उक्लियो संकटा

खेलपेपर, काठमाडौं।
२७ मङ्सिर २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दुई मिनटको अन्तरलातमा दुई गोल गरेर संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई २–० ले हराएको छ । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा संकटाका लागि १२ औं मिनटमा सेडरिक आवाले पहिलो गोल गरे भने लगतै १४ औं मिनटमा दिपेश आले मगरले दोस्रो गोल गरे । जुन नतिजा संकटाका लागि प्रर्याप्त बन्यो ।

यो जितसँगै ८ खेलबाट २१ अंक जोडेको संकटा दोस्रो स्थानमा समेत उक्लिएको छ । उता तेस्रो हार बेहोरेको शेर्पा भने ११ अंकका साथ छैठौं स्थानमा छ ।

अर्को हल्चोक स्थित एपिएफ स्टेडियममा सम्पन्न अर्को खेलमा जावलाखेल युथ क्लबले जारी लिगमा दोस्रो जित हात पारेको छ । जित निकाल्ने क्रममा जावलाखेलले घरेलु टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले हरायो ।

जावलाखेलको जितमा लावलले खेलको ४८ औं मिनटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । यो जितपछि ८ खेलबाट ६ अंक जोडेको जावलाखेल दशौं स्थानमा छ । उता पराजित एपिएफ भने ९ अंकका साथ आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.