खेलपेपर, काठमाडौं ।
३० पौष २०७५
नेपाल सितोरियो कराते सँघ, शाखा डोजो नक्सालमा आज एक विशेष कराते प्रशिक्षण कार्यक्रमको आयोजना भएको छ । नक्सालका प्रशिक्षक ,सहायक प्रशिक्षक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका साथै बंगलादेशका खेलाडीहरु सहित करिब एकसय पचास जना सहभागी भएको उक्त विशेष प्रशिक्षणलाई जापानका ग्र्यान्ड मास्टर मसाया कोहामा ले सहभागी प्रशिक्षक तथा खेलाडीहरुलाई प्रशिक्षण गराएका थिए । ग्र्यान्ड मास्टर कोहामाको प्रमुख आतिथ्य एबम् नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक गजेन्द्र बहादु, खपाँगी ुईश्वरु को सभापतित्वमा सँचालित उक्त कार्यक्रममा वंगलादेशका प्रशिक्षक सफिकुल ईस्लाम ९ लभ्लु ० , सोतोकान करातेका प्रशिक्षक कृष्ण मानन्धर , नक्साल डोजोका पदाधिकारीहरु लगायत विभिन्न महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोहामाले सहभागी सम्पूर्ण खेलाडीहरुलाई परिवर्तित नयाँ नियम तथा नयाँ टेक्निक सिकएका थिए । प्रशिक्षण पश्चात मन्तब्य ब्यक्त गर्दै सिहान कोहामाले नेपालका खेलाडीहरु अति नै मेहेनति एबम् अनुशासित रहेको धारणा व्यक्त गरे ।