नवौँ चरणसम्म अपराजित

खेलपेपर, काठमाडौं।
३ पौष २०७५

‘ए’ डिभिजन लिगमा नवप्रवेशी च्यासल युथ क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा थप बलियो बनेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले च्यासललाई ३–१ गोल अन्तरले पराजित ग¥यो । मनाङको जितमा एडेलाजा, ओलावाले अफिज र विमल रानाले एक÷एक गोल गरे । च्यासलका देवेन्द्र तामाङले पेनाल्टीमा एक गोल फर्काए ।

खेलको १६औँ मिनेटमा एडेलाजाको गोलमार्फत अग्रता कायम गरेको मनाङले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको ७२आँै मिनेटमा अफिजले एकल प्रयासमा गोल गर्दै मनाङलाई २–० को स्थितिमा पु¥याए । खेलको ८८औँ मिनेटमा विमल रानाले गोल गर्दै मनाङको अग्रता तेब्बर बनाए ।

खेलको अन्तिम समयमा च्यासलले पेनाल्टीको अवसर पायो । मनाङका डिफेन्डर मोहमद आसिफले डि बक्सभित्र गल्ती गरेपछि प्राप्त पेनाल्टीमा देवेन्द्र गोल गर्न सफल रहे । जितसँगै मनाङले नौ खेलबाट २७ अङ्क जोडेको छ । च्यासल १३ अङ्कसहित तालिकाको साताँै स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *