निम्सलाई दोहोरो उपाधी

निम्स स्कुल दोश्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधी उचाल्न सफल भएको छ । छात्र तर्फ फाईनलमा निम्सले भ्याली पब्लिक स्कुललाई ७५–६५ अंकले पराजित गर्दै उपाधी चुमेको हो । जितमा सुमन बोगटीको १९ अंकको योगदान रह्यो । यस्तै छात्रा तर्फ पनि निम्सले डोल्मा तामाङ्गको ११ अंकको मद्धतले टिआईएलाई २७–१८ अंकले पाखा लगाउंदै उपाधी हात पार्न सफल भयो । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरु पनि निम्सकै घोषित भए । छात्र तर्फ राजन डङ्गोल र छात्रा तर्फ सरस्वती बुढाथोकी उत्कृष्ट खेलाडीको खिताब जित्न सफल भए । बिजयी टिम तथा खेलाडीहरुलाई टोखा नगरपालिकाकी उपमेयर ज्ञानु माया डङ्गगोलले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।

Leave a Reply

Your email address will not be published.