नेदरल्याण्डसको क्लिन स्वीप, अष्ट्रिया पनि अब्बल

एजेन्सी, ८ असार
युरो कप फुटवल अन्तर्गत समुह सी मा रहेको नेदरल्याण्डसले समुहगत चरणका तीन वटै खेलमा जीत दर्ता गराउदै अघिल्लो चरणको यात्रा सुरक्षित बनाएको छ । सोमवार भएको खेलमा नेदरल्याण्डसले नर्थ मेसेडोनिया माथी तीन शुन्य गोल अन्तरको जीत दर्ता गरायो । सोमवार नै भएको अर्को खेलमा अष्ट्रियाले युक्रेन माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गरायो । यो जीत सँगै अष्ट्रियाले पनि ६ अंक बनाउदै अघिल्लो चरणमा आफनो यात्रा तय गरेको छ । नेदरल्याण्डसले समुहगत चरणका यस अघिका खेलमा युक्रेन र अष्ट्रियालाई पराजित गरेको थियो । समुहगत चरणका तीन वटै खेल जित्ने देशहरुमा अहिलेसम्म इटली र नेदरल्याण्डस रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *