नेदरल्यान्ड अन्तिम चारमा, फ्रान्स रोकियो

खेलपेपर, काठमाडौं |

२ गोल पछी परेर पनि गोल फर्काएर नेदरल्यान्डले जर्मनीसँग २–२ गोलको बराबरी खेल्दै युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लिग ए को समुह १ बाट समुह बिजेता भइ नेदरल्यान्डले विश्वविजेता फ्रान्सलाई गोल अन्तरमा दोस्रो स्थानमा रोकेको छ | जर्मनीको भने रेलिगेसनको पक्का भईसकेको थियो| नेदरल्यान्ड र फ्रान्सले ४ खेलबाट ७ अंक हासिल गरेका थिए र गोल अन्तरले नेदरल्यान्ड समुह बिजेता भएका छन | सोमबार राति भएको खेलमा घरेलु टोली जर्मनीले खेलको २० मिनेट भित्र नै २–० को अग्रता लिएको थियो । तर, जर्मनीले त्यो अग्रता अन्तिम समयसम्म जोगाउन सकेन । नवौं मिनेटमा सर्जि जिनाब्रिको पासमा टिमो वेर्नरको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको थियो । २०औं मिनेटमा लिरोए सानेले टोनी क्रुसको पासमा गोल गरेपछि जर्मनीले २–० को अग्रता बनाएको थियो |

जिततर्फ धकेलिएको खेलमा जर्मनी अन्तिम ५ मिनेट सम्हालिन सकेन । ८५औं मिनेटमा क्वीन्सी प्रोमेसले मार्टिन डि रोनको पासमा गोल गरेपछि नेदरल्यान्डलाई खेलमा फर्काउने संकेत दिएका थिए । भर्जिल भान डिजिकले इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *