नेपालको ग्लोबल छनोट सम्भावना सकियो

खेलपेपर, काठमाडौं।
१५ फाल्गुन २०७५

अन्तिम खेलमा कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ ।

छनोट शीर्ष एक टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान रहेको थियो, तर कुवेतलाई फराकिलो अन्तरले पराजित गर्न नसक्दा नेपाल नेट रन रेटमा थाइल्याण्डसँग पछि पर्दै ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

नेपालले छ खेलबाट १० अङ्क जोडेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । थाइल्याण्ड १० अङ्क जोडेर शीर्ष स्थानमा रहँदा युएइ आठ अङ्क जोडेर तेस्रो स्थानमा छ । यस्तोमा नेपालको ग्लोबल छनोट यात्रामा मुख्य बाधक थाइल्याण्ड नै बन्यो । राउण्ड रोविनको आधारमा जारी छनोटको छ खेलमा पाँच जीत निकाल्न सफल नेपाल थाइल्याण्डसँग नै पराजित भएको थियो । गत बिहीबार भएको दोस्रो खेलमा थाइल्याण्डसनसँग ५८ रनले पराजित भएको थियो ।

शीर्ष स्थानको थाइल्याण्डले अन्तिम खेलमा बुधवार युएइसँग खेल्दैछ । थाइल्याण्ड र युएइबीचको खेलले ग्लोबल छनोटमा पुग्ने टोलीको तय हुनेछ । थाइल्याण्डको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो रहेको छ । युएइलाई हराएमा १२ अङ्कसहित थाइल्याण्ड ग्लोबल छनोटमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *