नेपालमा आइएफबीबी प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिपको प्रो.छनोट हुने

खेलपेपर, काठमाडौं।
२१ मङ्सिर २०७५

अन्तराष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगको सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टरले नेपालमा सन् २०१९ को फेब्रुअरीमा आइएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको प्रो छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

शारीरिक सुगठनका पूर्व स्टार, हलिउड अभिनेता तथा अमेरिकाको क्यालिफोर्निया राज्यका पूर्व गर्भनर आर्नोल्ड स्वेज्नेगर आवद्ध रहेको अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिग) को सक्रियतामा आइएफबीबी लिगको नेपाल च्याप्टर आइएफबीबीले सन् २०१९ को फेब्रुअरी १५–१६ मा अन्तर्राष्ट्रिय बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ प्रो. छनोट प्रतियोगिता हुन लागेको हो ।

शारीरिक सुगठनको ‘विश्वकप’ मानिने ‘मिस्टर ओलम्पिया’ अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ, प्रोफेसनल लिगले मात्र आयोजना गर्दछ । ‘मिस्टर ओलम्पिया’ मा भाग लिन ‘प्रो कार्ड’ आवश्यक पर्ने गर्दछ । नेपाल यसअघि यो संस्थामा आवद्ध थिएन । त्यसैले नेपाली खेलाडी ‘मिस्टर ओलम्पिया’ मा भाग लिने अवसरबाट बञ्चित थिए । यो छनोट प्रतियोगिता नेपालमा हन भएसँगै नेपाली खेलाडीले पनि ‘प्रो कार्ड’ पाउने ढोका खुलेको छ ।

नेपालले यो प्रतियोगिताका लागि ‘४ वटा ‘प्रो कार्ड’ लिइसकेको छ । नेपालले ‘मेन्स फिजिक्स’, ‘क्लासिक फिजिक्स’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन्स फिटनेश’ तर्फको ‘प्रो कार्ड’ छ । विश्वभरीका खेलाडीहरू यी ४ वटा ‘प्रो कार्ड’ जितेर अमेरिकाको लस भेगासमा हरेक वर्ष आयोजना हुने ‘मिस्टर ओलम्पिया’ मा सहभागिताका लागि जाने गर्दछन् ।

प्रतियोगिता आयोजनाका लागि विश्व बडिबिल्डिङका अर्का हस्ती बब चिकोरिलो नेपाल आउने पक्का भएको आयोजकले जनाएको छ । उनले ‘मिस्टर ओलम्पिया’ सञ्चालन गर्ने गर्छन ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको प्रतियोगितामा २० भन्दा बढी राष्ट्रका करिव २ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट १ करोड ६८ लाख ४२ हजार रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *