नेपालमा पनि मनाइयो ओरियन्टियरिङ डे

काठमाण्डौ, खेलपेपर
अन्तराष्ट्रिय ओरियन्टियरिङ फेडेरेशनको आयोजनामा नेपालमा पनि वल्र्ड ओरियन्टियरिङ डे मनाइयो । नेपालमा यो दिवस सफल बनाउनका लागी आई ओ एफको सहयोगमा नेपाल आएका म्यापर रोनाल्डो अल्मेइडाले नेपाली खेलाडी, प्रशिक्षक र म्यापरलाई विशेष प्रशिक्षण दिएका थिए । तिलगंगा स्थित रोयल नेपाल गल्फ क्लवमा मे १५ तारिखका दिन नेपाल ओरियन्टियरिङ फेडेरेशनको आयोजनामा विशेष कार्यक्रम आयोजना गरिएको थियो । नेपालमा पहिलो पटक मनाइएको यो डे मा एक सय भन्दा बढीको सहभागिता रहेको थियो । किड्स र एडल्ट गरी दुई विधामा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । सो प्रतियोगिताका लागी रोनाल्डोले झण्डै पाँच दिन लगाएर म्याप तयार गरेका थिए ।पहिलो पटक आयोजना भएको प्रतियोगिता अवलोकन गर्नका लागी विशेष अतिथिका रुपमा ब्राजिलियन दुतावासका काउन्सिलर र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिम्सिनाका साथै खेल र पर्यटन क्षेत्रका विशिष्ट ब्यक्तित्वको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *