नेपाल पराजित

काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा भारतले नेपाललाई ६१ रनले पराजित ग¥यो ।जाउलाखेलस्थित सेन्ट जेभियर्स कलेजको खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित १५ ओभरको खेलमा चार विकेट गुमाएर एक सय ५६ रन बनायो ।

भारतलाई विशाल योगफलसम्म पु¥याउन कप्तान यादवुन्दर सिंह खेराले अविजित ४७ रन बनाए । यसैगरी सुरेन्द्रर मेहराले ३६ र याहराले १२ रन बनाए । नेपालका आरपी खरेल, तपरेस अन्सारी र ऋषिकेस कुर्मीले एक÷एक विकेट हात पारे ।एक सय ५७ रनको विशाल लक्ष्य पछ्यएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि प्रदीप रिजालले अविजित ३१ रन बनाए । यसैगरी समन बरालले ११ रन जोडे। भारतका इमरान मल्लिकले तीन विकेट लिए । आइतबारको खेलको म्यान अफ दी म्याच भारतीय टोलीका कप्तान यादवुन्दर सिंह खेरा घोषित भए । उनलाई सुशील कोइराला फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले ट्रफी प्रदान गरे ।

Leave a Reply

Your email address will not be published.