नेपाल फाइनलमा प्रवेश

काठमाडौं : सागअन्तर्गत महिला भलिबलमा नेपाल आइतबार फाइनलमा प्रवेश गरेको छ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नेपालले श्रीलंकालाई २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा पराजित ग¥यो ।

फाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा भारतले माल्दिभ्सलाई २५–१४, २५–६ र २५–१७ को सीधा सेटमा हराएको थियो । फाइनल मंगलबार हुने छ ।पुरुषतर्फ पाकिस्तान समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

पाकिस्तानले श्रीलंकालाई २८–३०, २५–१८, २५–२० र २५–२१ ले पन्छायो । हारका बावजुद श्रीलंका पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो । योसंगै पुरुषको सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेश विरुद्ध आइतबार प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published.