नेफ–साइपाल कप फुटबल बुधबारदेखि

काठमाडौं  : उत्तरभेगीय शैक्षिक मञ्च (नेफ) र साइपाल एकेडेमीको संयुक्त आयोजनामा पाँचौं नेफ–साइपाल कप छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।प्रतियोगितामा ६४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने नेफका अध्यक्ष नारायण रोकाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

नर्वेमा जुलाईमा हुने मैत्रीपूर्ण फुटबलका लागि यसै प्रतियोगिताबाट उत्कृष्ट २० खेलाडी छनोट गरिने पनि बताइएको छ । साइपालले उत्कृष्ट ३० खेलाडीलाई प्लस टु अध्ययनका लागि ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु चावहिलको गणेशथानस्थित फुटबल मैदानमा हुने छ । गत संस्करणको उपाधि माउन्ट ग्लोरीले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *