नेम्यार चम्केपछि ब्राजिलको बलियो जीत

रियो, १० असार
नेम्यारले आकर्षक खेल खेल्दै दुई गोल गरेपछि समुह चरणको अन्तिम खेलमा ब्राजिलले क्यामरुन माथी ४–१ गोल अन्तरको जीत दर्ता गरायो । खेलको १७ औं मिनेटमा नेम्यारले ब्राजिलका लागी पहिलो गोल गरेका थिए । नेम्यारले लुइस गुस्ताभोको क्रसलाई गोलमा परिणत गरिदिएका थिए । यो गोल भएको नौ मिनेट पनि वित्न नपाउदै क्यामरुनले गोल फर्कायो । जोएल माटिपले गोल गरेपछि खेल एक एकको बरावरीमा पुगेको थियो । ३५ औं मिनेटमा नेम्यारले अर्को अवसरको सदुपयोग गर्दै गोल गरे । पहिलो हाफमा खेल दुई एकको अवस्थामा रोकिएको थियो । खेलको ४९ औं मिनेटमा फ्रेडले अर्को गोल थपे । फर्डिनान्डोले ८४ औं मिनेटमा थप एक गोल गरेपछि क्यामरुन नमिठो हारको सामना गर्न बाध्य भयो । क्यामरुनले पनि खेलमा एक दुई वटा आकर्षक गोल गर्ने अवसर पाएको थियो । तर ती अवसरलाई उनीहरुले सदुपयोग गर्न सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *