न्यूरोड टिमलाई गोलको खडेरी

खेलपेपर, काठमाडौं ।
२५ मङ्सिर २०७५

शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो ।

चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो । सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्पियन हो । आर्थिक सङ्कटले गर्विलो इतिहास बनाएको एनआरटी झनै सङ्कटमा परेको थियो ।

विसं २०६९ सालमा एनआरटीले आर्थिक सङ्कटको कारण देखाउँदै लिग नखेल्ने निर्णय गर्यो । फलस्वरुप एन्फाले एनआटरीलाई कारवाहीस्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो भने २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो । एनआरटीले २४ वर्षयता लिग जित्न सकेको छैन । यसपटक पनि उसको लिग जित्ने ध्यान्न भन्दापनि प्रतिस्पर्धामा खरो उत्रने सोचमा छ । क्लबका प्रशिक्षक महेश्वर मुल्मी जारी लिगमा हुने खेलमा प्रतिस्पर्धी टोलीलाई बलियो चुनौती पेश गर्ने रणनीतिमा रहेको बताउनुहुन्छ ।

नयाँ र युवा प्रतिभा टोलीमा रहेपछि जारी लिगका सातौं चरणका खेल सकिँदासम्म एनआरटीले अहिलेसम्म जित निकाल्न सकेको छैन । पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २–२ गोलको बराबरीमा रोकिएसँगै एनआरटी लगातार छ खेलमा हार बेहोरिसकेको छ ।

दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–०, तेस्रो खेलमा नवप्रवेशी च्यासल युथ क्लबसँग ५–१, चांैथो खेलमा थ्रीस्टार क्लबसँग १–० र पाँचांै खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोल छैटौँ खेलमा एपिएफसँग २–१ र सातौँ खेलमा सङ्कटा क्लबसँग १–० ले एनआरटी पराजित भएको छ ।

सो टीमले अहिलेसम्म १७ गोल खाँदा चार गोल मात्र फर्काउन सकेको छ । प्रशिक्षक मुल्मीले यो सिजनका लागि क्लबले खासै तयारी नगरेको बताउनुहुन्छु । यसवर्ष रेलिगेशन नहुने भएर पनि पुछारका क्लब त्यति निराश छैनन् । अङ्क तालिकाको पुछारमा रहँँदा पनि ‘ए’ डिभिजनमै रहने सुविधा भएकाले क्लबहरुले तयारी र खर्चमा लोभ गरेको आरोप समेत लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *