न्यू डायमन्ड क्लबलाई होङवान्जीको प्रायोजन

खेलपेपर, काठमाडौं।
१६ माघ २०७५

नैकापको न्यू डायमन्ड एकेडेमीलाई होङवान्जी बौद्ध समाजले मुख्य प्रायोजन गरेको छ । 

न्यु डायमन्डले आज होङवान्जी बौद्ध समाजसँग एक वर्षका लागि मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार होङगान्जी बौद्धले रु १५ लाख उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा न्यू डायमण्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली र होङ्गान्जीका कन्ट्री म्यानजेर सोनाम वाङ्दी भुटियाले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि होङगान्जीले न्यु डायमन्डले आयोजना गर्ने तेस्रो संस्करणको ‘होङवान्जी न्यू डायमण्ड कप’ खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पहिलो र दोस्रो स्थान हुनेले पाउने पुरस्कारको राशि रु सात लाख उपलब्ध गराउनेछ । यसका साथै खेल पोशाकका लागि आजकै मितिबाट लागू हुनेगरी रु तीन लाख र अन्य विविधको पाँच लाख उपलब्ध गराउनेछ ।

तेस्रो संस्करणको होङवान्जी न्यू डायमन्ड कप अर्काे वर्षको पुस अन्तिम साता हुनेछ । सम्झौतापछि न्यू डायमन्डले आफूले खेल्ने प्रतियोगितामा होङवान्जी न्यू डायमन्ड’ को नामबाट खेल्नेछ ।

न्यू डायमन्डले यसअघि शिवम् सिमेन्टको मुख्य प्रायोजनमा पहिलो संस्करण तथा होङगान्जीको मुख्य प्रायोजनमा दोस्रो संस्करण आयोजना गरिसकेको छ । पहिलो संस्करणमा न्यू डायमन्ड र दोस्रो संस्करणमा नेपाल एपीएफ च्याम्पियन बन्न सफल भएको थियो ।

प्रतियोगिता संयोजक तथा न्यू डायमन्डका प्रशिक्षक कुमार राईले अर्काे वर्ष हुने तेस्रो संस्करणको प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी दिनुभयो । उक्त प्रतियोगिताको विजेताले रु चार लाख र सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

नेपालको सर्वाधिक धनराशिको पहिलो प्रतियोगिता बन्नेछ । यसअघि सभामुख कप महिला भलिबलको विजेताले रु तीन लाख ५० हजार हात पारेको थियो । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले रु २५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही रु सात÷सात हजार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *