पदक विजेता सम्मानित

नेपाल वादोरियो कराते संघले दोश्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ ।अगष्ट २३ देखि २६ तारिखसम्म कम्बोडियामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले कांस्य जितेका थिए । पुरुषोत्तमले भारत र सिंगापुर तथा विशालले कम्बोडिया र भारतका खेलाडीलाई पराजित गर्दै पदक जितेका थिए ।


वादोरियो कराते संघका कोषाध्यक्ष सूर्य राईलगायतले उनीहरुलाई खादा र फुलमाला लगाइ सम्मान गरे । सोही अवसरमा टोलीको नेतृत्व गरेका वादोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *