पहिलो टेष्टमा अफगानिस्तान अस्तब्यस्त

बेङलोर, एजेन्सी । अफगानिस्तानले पहिलो टेष्ट क्रिकेटमा लज्जास्पद हार ब्यहोरेको छ । एकै दिनमा २० विकेट गुमाएपछि अफगानिस्तान भारतसँग एक इनिङ र २ सय ६२ रनले पराजित भएको छ । अफगानिस्तानका लागी यो टेष्ट पहिलो भएका कारण पनि  ऐतिहासिक थियो । हस्मातुल्लाहा साहिदीले अफगानिस्तानका लागी सवैभन्दा बढी ३६ रन बनाएका थिए । टेष्ट क्रिकेटको इतिहासमा एकै दिनमा कुनै पनि दुई पटक बोल्ड भएको यो चौथो पटक हो । दुई दिनमा नै टेष्ट क्रिकेट समाप्त भएको यो २१ औं पटक हो । अफगानिस्तानलाई सन् २०१७ को जुनमा टेष्ट मान्यता प्राप्त राष्ट्र घोषित गरिएको हो ।टेष्ट मान्यता पाएपछिको अफगानिस्तानले खेलेको पहिलो टेष्टमा नै उनीहरुले नमिठो हार ब्यहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *