पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिताको प्रायोजकसंग सम्झौता पत्रमा हस्ताक्षर

खेलपेपर, काठमाडौं |

नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको आयोजनामा हुने पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिता बारे जानकारीका साथै प्रायोजकसंग सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम आज लाजिम्पाट स्थित राडिसन होटेलमा भएको थियो | आज भएको पत्रकार सम्मेलनमा नेपाल इक्वेस्ट्रियन संघले पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिताको प्रायोजक वार्नस्टाइनर साथै टुर्किश एअरलाईन मुख्य प्रायोजक रहेको बताएको छ | पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगिता यही शनिबारबाट सुरुवत हुने बताएका छन | पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगितामा पुरुष र महिला खेलाडीहरु प्रतिस्पर्दा गर्ने छन |

प्रायोजक वार्नस्टाइनरले पाँचौं राष्ट्रिय इक्वेस्ट्रियन प्रतियोगितालाई १२ लाखको सहयोग गरेको छ भने टुर्किश एअरलाईनले २ प्लेन टिकेटको सहयोग गरेको प्रबक्ताले बताएका छन|

Leave a Reply

Your email address will not be published. Required fields are marked *