पारा राष्ट्रिय खेलकुदको उद्घाटन

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रथम बृहत राष्ट्रिय पारा खेलकुदको लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालाई खेल सामाग्री हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगितामा विभिन्न ४ समूहका फरक क्षमता भएका व्यक्तिहरुको १८ खेल समावेश समावेश छन् । उक्त प्रतियोगिता एक महिनाको अवधिमा सम्बन्धित संघले सम्पन्न गर्नु पर्नेछ । क्रिकेट भने यसअघि नै सम्पन्न भइसकेको छ । उद्घाटनकै अवसरमा खेलकुद मन्त्री विश्वकर्मा, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सम्बन्धित खेल संघका पदाधिकारीलाई खेल सामाग्रीका साथै बजेट पनि हस्तान्तरण गरेका थिए । कुल ५७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको थियो । प्रतियोगितामा १ हजार ७७ खेलाडी सहभागी छन् । पाराको बृहत राष्ट्रिय प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published.