पुरुष ह्यान्डबल टोलीको घोषणा

काठमाडौं, पुस २ गते ।

भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली पुरुष ह्यान्डबल टोलीको बिहीबार घोषणा गरिएको छ ।नेपाल ह्यान्डबल संघका महासचिव सन्देश रेग्मीका अनुसार १४ सदस्यीय पुरुष टोलीको घोषणा गरिएको छ । त्यसमा नेपाल आर्मी क्लबका सर्वाधिक ८ खेलाडी परेका छन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कास्कीबाट समान ३–३ खेलाडी टोलीमा अटाउन सफल भए ।छनोट भएका आर्मीका खेलाडीहरुमा अमर श्रेष्ठ, विशाल बस्नेत, जक्ताबहादुर श्रेष्ठ, कृष्णबहादुर चौधरी, मदन चुनारा, सुवर्ण मादिहाङ, सुनील खत्री तथा श्रीबहादुर सिन्जाली रहेका छन् । टोलीमा पर्न सफल अन्य खेलाडीमा एपीएफका विमल भाट, इन्द्रनारायण चौधरी र मनोज ठुगुन्ना तथा कास्कीका प्रेमबहादुर गुरुङ, शरण थापा र भासु गुरुङ छन् । १४ सदस्यीय महिला खेलाडी टोलीको छनोट यसअघि नै भइसकेको छ । सागमा ह्यान्डबलले बंगलादेशमा भएको ११ औं संस्करणदेखि प्रवेश पाएको हो । त्यसबेला पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । त्यत्तिबेला नेपाली पुरुष टोली चौथो भएको थियो । महिला ह्यान्डबल यसपटक थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *