पूर्णलाई स्वर्ण

रसुवाका पूर्ण लोप्चनले छैटौं राष्ट्रिय गोर्खा खुकुरी मार्सल आर्ट प्रतियोगिताको पुरुष ६५–७० केजीमा शनिबार स्वर्ण जितेका छन् । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा पूर्णले सुनसरीका राज बस्नेतलाई पराजित गरे । पुरुष २०–२५ केजीमा काठमाडौंका रिजुल कार्की, २५–३० केजीमा सर्लाहीका सत्यम श्रेष्ठ, ३०–३५ केजीमा अर्घाखाँचीका सुदीप परियार तथा ४५–५० केजीमा सोलुखुम्बुका जीवन लोहारले पहिलो स्थान हात पारे । महिला २५–३० केजीमा काठमाडौंकी काजल केसी, ३०–३५ केजीमा धादिङकी सुविना गुरुङ, ४०–४५ केजीमा नुवाकोटकी हसन्ती विक तथा ४५–५० केजीमा नुवाकोटकी सुनिता तामाङले स्वर्ण हात पारे । विजेतालाई आयोजक संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक रणबहादुर बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । यसअघि प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । एकदिने प्रतियोगितामा विभिन्न २५ जिल्लाका १ सय ७० खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *