पूर्व च्याम्पियन फ्रान्सको पनि उत्कृष्ट शुरुवात

रियो, २ असार

पुर्व विश्व कप विजेता फ्रान्सले पनि यस पटक उत्कृष्ट शुरुवात गरेको छ । राती पौने एक बजे भएको खेलमा युरोपेली राष्ट्र फ्रान्सले दक्षिण अमेरिकी मुलु क होन्डुरसलाई तीन शुन्य गोल अन्तरले परातिज गरेको छ । खेलको ४५ औं मिनेटमा करिम बेन्जेमाले फ्रान्सका लागी पहिलो गोल गरेका थिए । यो गोल भएको तीन मिनेट पनि वित्न नपाउदै अर्को आत्मघाती गोलको सामना होन्डुरसले गर्नुपरेको थियो । भालाडारेस मार्फत आत्मघाती गोल भएको थियो । गोल लाइन टेक्नोलोजी मार्फत सो गोल दिइएको थियो । खेलको ७२ औं मिनेटमा फ्रान्सले फेरि पेनाल्टी हान्ने अवसर पायो । सो अवसरलाई पनि बेन्जेमाले नै गोलमा परिणत गरिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *