पूर्व च्याम्पियन स्पेन पनि ‘आउट’

मस्को, एजेन्सी ।
विश्व कप फुटवलमा यस पटक दावेदार र पूर्व च्याम्पियनहरु एक पछि अर्को गर्दै बाहिरिने क्रम जारी छ । यसै क्रममा पूर्व विजेता स्पेन पनि आइतवार रातीबाट विश्वकपमा विदाई लिदै घर फर्केको छ । आइतवार राती भएको प्रि क्वाटरफाइनलको खेलमा घरेलु टोली रसियाले स्पनेलाई घर जान बाध्य बनायो । निर्धारित समय र अतिरिक्त समयमा पनि दुवै टिमको बरावरी गोल भएपछि खेलको निर्णय टाइ ब्रेकरमा गरिएको थियो । टाई ब्रेकरमा बाजी मार्दै रसिया सोभियत संघ टुक्रे पछि पहिलो पटक क्वाटरफाइनलको यात्रा तय गर्न सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *