पोखरामा फुल कन्ट्याक्ट कराते

पोखरा : नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा प्रथम अल नेपाल खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता भदौ १३ र १४ गते पोखरा रंगशालामा हुने भएको छ ।प्रतियोगितामा १७ फुल कन्ट्याक्ट कराते संघ र तीन विभागीय गरी २० टिमका २ सय ७६ खेलाडी विभिन्न १४ तौलसमूहमा प्रतिस्पर्धा गर्ने आयोजक संघका महासचिव एवं ब्रान्च चिफ राजेन्द्र सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *