पोखरा राइनोजको नयाँ प्रमुख प्रशिक्षक नियुक्ती

खेलपेपर, काठमाडौं |

तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (इपीएल) सुरु हुने दिन नजिकिदै गर्दा पोखरा राइनोजले प्रमुख प्रशिक्षकमा अस्ट्रेलियन कोच नाथन डोडलाई नियुक्त गरेको छ । डोडक्रिकेट अष्ट्रेलियाका लेवल ३ का कोच हुन् । उनले केएफसी क्वीन्सल्यान्ड स्टेट टी – २० प्रिमियर लीग २०१७ – १८ मा स्यान्डगेट टिमको प्रमुख प्रशिक्षको भूमिका निर्वाह गरेका थिए । राइनोजको प्रमुख कोचमा न्युक्त भएसँगै डोडले प्रतिभाशाली खिलाडीको प्रदर्शन र विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताएका छन् । राइनोजले उत्कृष्ट प्रशिक्षणको लागि डोडलाई ल्याउन लागेको बताएको छ ।

एभरेष्ट प्रिमियर लिग (इपीएल) मंसिर २२ देखी पुस ७ सम्म चल्ने भनिएको छ | १५ दिन चल्ने यो प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुने छ | त्यस्तै यस पटक ३ वटा शनिवार ईपीएलका खेल हुने छन् । ईपीएलका सबै खेल टियु क्रिकेट मैदानमा हुने छन् । ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *