पोर्चुगलको सपनामा उरुग्वे तगारो

मस्को, एजेन्सी । विश्व कप फुटवल अन्र्तगत शनिवार राती भएको खेलमा पराजित भएपछि विश्व कप उपाधि जित्ने पोर्चुगलको सपनामा तुसारापात भएको छ । प्रिक्वाटरफाइनलको दोस्रो खेलमा पोर्चुगल दक्षिण अमेरिकी मुलुक उरुग्वेसँग २–१ गोल अन्तरले पराजित भयो । चर्चित फुटवल स्टार रोनाल्डोको टिमले खेलमा फर्कने प्रयास गरेपनि त्यो सफल हुन सकेन । विश्व कप फुटवलको पहिलो संस्करण जितेको उरुग्वे र विश्व कप जित्नका लागी भोकाइरहेको पोर्चुगल विचको खेलमा काभानी तगारो भएर पोर्चुगललाई अगाडी बढ्न दिएनन् । उरुग्वेका लागी काभानीले नै दुई गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *