प्याराग्लाइडिङमा ऐतिहासिक रजत पदक

जाकार्ता, एजेन्सी
इन्डोनेशियामा जारी एशियाली खेलकुदमा अहिलेसम्म एउटा मात्र पदक जित्न सफल नेपालले पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलमा रजत पदक नै जितेको छ । थोरै सफल भएको भए नेपालले जापानलाई नै पराजित गर्दै स्वर्ण पदक नै जित्ने संभावना रहेको त्यहाँ स्थित नेपाली खेल अधिकारीहरुले जनाएका छन् । नेपालले एशियाली खेलकुदमा अहिलेसम्म जितेको सवैभन्दा ठुलो पदक नै रजत पदक मात्रै हो । त्यो पनि बैंकक एसियाडमा नेपालकी सविता राज भण्डारीले तेक्वान्दो खेलमा रजत पदक जितेकी थिइन् । त्यसयता नेपालले कास्य पदक मात्रै जित्दै आएको थियो । त्यो भन्दा अगाडी बढ्न सकेको थिएन । तर अहिले सवै खेलले नेपाललाई निराश बनाइरहेको बेला नेपालले थोरै मात्र लगानी गरेको प्यराग्लाइडिङ तर्फको टिम क्रश कन्ट्री इभेन्टसमा नेपाल रजत पदक जित्न सफल भएको छ । नेपालले आशा गरेको तेक्वान्दो, कराँते र बक्सिङ जस्ता खेलमा निराशा बाहेक केही पनि हात लागेन । त्यसैले प्याराग्लाइडिङमा पाएको यो सफलताले नेपाललाई थोरै राहत दिलाएको छ । यो पदक पछि ४५ राष्ट्र सहभागी एशियाली खेलकुदमा नेपाल ३३ औ स्थानमा उक्लन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *