प्याराग्लाइडिङ

परिचय
एशियाली खेलकुदमा पदकको खडेरी लागिरहेको बेला नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल खेल हो प्याराग्लाइडिङ । नेपालले अहिलेसम्म एशियाली खेलमा एक पटक मात्रै रजत पदक प्राप्त गरेको थियो त्यो पनि तेक्वान्दो खेल मार्फत थियो । एशियाली खेलकुदमा पहिलो पटक समावेश प्याराग्लाइडिङ खेलमा नेपालको सहभागिता देखी नै केही आशा गरिएको थियो । टिम क्रश कन्ट्रीमा नेपालले पाएको रजत पदकले नेपालमा साहसिक खेलको संभावनालाई प्रष्ट पारिदिएको छ । नेपालमा ब्यवसायिक रुपमा प्याराग्लाइडिङ गरिने गरिए पनि खेलको रुपमा भने यसले त्यती काम गरेको छैन । यसमा लाग्नेहरु ब्यवसायिक काम गर्नेहरु नै हुन् । नेपालबाट सहभागीहरुको कथा पनि त्यस्तै छ । यसलाई खेलका रुपमा विकास गर्नका लागी राज्यको तहबाट खासै पहल गरेको पनि पाइदैन ।
प्याराग्लाइडिङको इतिहास
प्याराग्लाइडिङको इतिहास केलाउने हो भने कसले र कहिले पहिलो पटक प्याराग्लाइडिङ गरे भन्नेमा विवादित तथ्यहरु सार्वजनिक भएका छन् । सन् १९६० को दशकमा डेविड ब्यारिसले पहिलो पटक प्याराग्लाइडिङ गरेको बताइन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका लागी स्पेस क्याप्सुल रिकभरी डिभाइस ‘सेल विङ’ बनाउनका लागी उनले काम गरिरहेका थिए । उनले अमेरिकाको न्युयोर्कमा रहेको हन्टर माउन्टेनमा पहिलो पटक ब्यक्तिगत रुपमा प्याराग्लाइडिङ गरेको बताइन्छ । सन् १९८० को दशकमा फ्रान्सेली हिमालहरुमा पनि प्याराग्लाइडिङको प्रयोग गरेका तथ्यहरु पनि छन् । सन् १९८६ मा प्याराग्लाइडिङलाई खेलको रुपमा स्थापना गर्ने सोच बनाइयो । यसलाई खेलका रुपमा विधिवत बनाउने काम युरोपले शुरु ग¥यो । त्यसपछि युरोप, एशिया र अमेरिकामा प्याराग्लाइडिङ गर्नका लागी प्रयोग गरिने सामाग्री बनाउने कामले तीब्रता पायो । विस्तारै यसले विश्वब्यापी रुप लिन थाल्यो । यसलाई स्काई डाइभिङ र प्याराग्लाइडिङ गरी दुई विधामा विभाजित गरियो ।
नेपालको इतिहास
नेपालमा प्याराग्लाइडिङको इतिहास पनि पुरानै छ । तत्कालिन शाही नेपाली सेनामा प्याराग्लाइडिङको प्रयोग ब्यापक थियो । तर पछिल्लो समय प्याराग्लाइडिङ को क्रेजमा रुकावट देखियो । तर पछिल्लो केही बर्ष यता आएर फेरि प्याराग्लाइडिङको क्रेज ह्वात्तै बढेको पाइन्छ । अहिले यसलाई ब्यवसाय नै बनाएर राम्रो नाम र दाम कमाउनेहरुको संख्या पनि उल्लेख्य नै छ । खेलका रुपमा भने अझै पनि प्याराग्लाइडिङ त्यती अगाडी छैन । दैनिक जीवन चलाउनका लागी पाइलट बन्नेहरु नै खेलाडीका रुपमा स्वदेश तथा विदेशमा सहभागी हुने गरेका छन् । अहिले एशियाली खेलमा सहभागीहरुको संख्या पनि तिनै मध्येबाट हो । नेपाललाई स्वीजरल्याण्ड पछि सवैभन्दा बढी आकर्षक क्षेत्रका रुपमा लिइन्छ प्याराग्लाइडिङका लागी । मौसम र प्राकृतिक सुन्दरताका कारण नेपाललाई आकर्षक क्षेत्र मानिएको हो । त्यसमा पनि पोखरालाई सवैभन्दा आकर्षक मानिन्छ । पछिल्लो समय धरान र काठमाण्डौमा पनि प्याराग्लाइडिङका लागी संभावना खोजि गरिएको छ । प्याराग्लाइडिङका लागी नेपालमा सन् २००० मा सनराइज प्याराग्लाइडिङ नामक कंपनी दर्ता भएको थियो । यो कंपनी व्रिटिस नागरिक एडम हिल र एक जना पाइलटको सहयोगमा यो संभव भएको थियो । अहिले सयौको संख्यामा यस्ता कंपनी खुलेका छन् । ब्यवसायिक रुपमा प्याराग्लाइडिङका काम नियमित हुने गरेका छन् । एशियाली खेलमा नेपालले पाएको सफलता पछि यसले विशिष्ट खेलको मान्यता पाएर अगाडी बढ्ने अपेक्षा गर्न सकिन्छ । तर नेपाली खेल अधिकारीको चासो र चिन्ता यो खेलको विकासका लागी कुन तहको रहन्छ, त्यसैले यो तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *