प्युठान जिल्लामा बुद्धिचाल प्रतियोगिता सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि प्युठानमा सुरु भएको छ ।
प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १८ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो अवसरमा सदस्य–सचिव सिलवालले हिमाल आरोही स्व. सञ्जय पण्डितको स्मरण गर्दै प्युठानलाई चिनाउन सञ्जयको ठूलो योगदान रहेको बताए । स्व. सञ्जय प्युठानका हुन् । सञ्जयको केहि वर्षअघि अमेरिकाको माउन्ट डेनाली हिमाल आरोहणका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *