प्रणव र प्रदीप बंगालादेश जादै

काठमाडौं : शेख रसेल अन्तर्राष्ट्रिय क्लब कप टेनिस प्रतियोगितामा सहभागी हुन प्रणव खनाल र प्रदीप खड्का सोमबार बंगलादेशको ढाका जाने भएका छन् ।

नोभेम्बर १२ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १७ देशका खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघले जनाएको छ । दुवै नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *