माल्दिभ्स महिला भलिबल लिग र माल्दिभ्स महिला भलिबल च्याम्पियनसिपमा आफ्नो टिमलाई उपाधि दिलाउँदै उत्कृष्ट खेलाडीको ट्रफी जित्न सफल प्रतिभा माली यो साताको खेलाडीका रुपमा रहेकी छिन् । छोटो समयमा भलिवल खेल मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय तहमा मालीले सफलता र चर्चा पाएकी छिन् ।
