प्ले अफ प्रबेशका लागी नाईटराइडर्स पुणे संग भिड्दै

काठमाण्डौ,२०, बैशाख । आइपिएलको प्लेअफ प्रवेशका लागि कोलकाता नाइटराइडर्स बुधबार राती राइजिङ पूणे सुपरजाइन्ट्स संग भिड्दैछ ।
नाइटराइडर्सको लागी अस्ट्रेलियन कप्तान स्टिभन स्मिथको टोलीलाई पराजित गर्दै दोस्रो टोलीको रुपमा प्लेअफमा प्रवेश गर्ने अवसर छ । लगातार ३ खेल जितेर कोलकाता पछिल्लो खेलमा हैदराबादसँग पराजित भएको थियो। नाईटराईडर्स १० खेलमध्ये ७ मा विजयी हुँदै १४ अंकका साथ लिगको दोस्रो स्थानमा छ।पूणे १० खेलमध्ये ६ मा जित निकाल्दै १२ अंकका साथ चौथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *