फिजम कपमा २८ टिम

काठमाडौं : संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पुस १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिलामा समान १४–१४ गरी २८ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक समेत रहेका फिजमका सह सचिव सुनील केसीले जानकारी गराए । पुस ७ गतेसम्म सञ्चालन हुने लिग कम नकआउट प्रतियोगिताका खेलहरु गोठाटारस्थित मोनास्टिक पब्लिक स्कुलको कोर्टमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *