फिना टेक्निकल अफिसियल क्लिनिक सुरु

नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको क्लिनिकमा पुराना र नयाँ गरि ५५ जना प्राविधिक निर्णायकहरुले सहभागिता जनाईरहेका छन् । पुराना खेलाडी, प्रशिक्षक तथा पौडी संग सम्वन्धित ब्यक्तिहरुले क्लिनिकमा सहभागिता जनाईरहेका छन् ।

यस्तै पुराना निर्णायकहरुले पनि क्लिनिकमा पुनर्ताजगीका लागि सहभागिता जनाई रहेका छन् । प्रशिक्षकहरुले फिनाको नियमहरुका बारेमा जानकारी हासिल गरेको खण्डमा खेलाडीहरुलाइ दक्षता प्रदान गर्न सहयोग पुग्ने क्लिनिकमा सहभागि प्रशिक्षकले जनाएका छन् ।क्लिनिकमा सहभागिहरुलाई फिना एक्सपर्ट अष्ट्रेलियन नागरिक रायन आर्विस्टरले तीन दिन सम्म प्रशिक्षण प्रदान गर्ने छन् ।

कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले एक कार्यक्रमविच उद्घाटनन गरे ।नेपालमा हाल सम्म भएका १९७९ मा पहिलो पटक आयोजना भएको क्लिनिक यस क्लिनिक सम्म आई पुग्दा छैटौं क्लिनिकको रुपम संचालन भई रहेको छ । हाल सम्म पौडी संघले फिना, एशियन र राष्ट्रिय गरि १८९ प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *