फिफा वरियतामा नेपाल एक स्थानमाथि

खेलपेपर, काठमाडौं।
६ पौष २०७५

विश्व फुटबल महासङ्घ (फिफा) वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो । अघिल्लो दुई महीनामा भने नेपाल एक/एक स्थान तल झरेको थियो ।

वरियताअनुसार दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा रहेको छ । भारत सबैभन्दा अघि ९७ औँ स्थानमा यतावत् छ भने माल्दिभ्स १५२औँ, भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ र पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१औँ स्थानमा स्थानमा यथावत् छन् ।

विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत् रहँदा फिफा विश्व कप, २०१८ विजेता फ्रान्स दोस्रो स्थानमा छ । यस्तै ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इङ्गल्याण्ड पाँचौँ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा यथावत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *