फुटवलमा एपिएफको जीत

खजुराआठौं राष्ट्रिय खेलकुदअन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । एपीएफको तेस्रो खेलमा यो दोस्रो जीत हो । २–० गोलको अग्रता लिएर पनि ५ नम्बर प्रदेशसँग पराजित भएको एपीएफले शनिबार विहान भने गण्डकीसँग ‘कम्ब्याक’ गरेको छ । गण्डकी प्रदेशले अग्रता लिएर पनि जोगाउन नसक्दा पराजित हुन पुग्यो । गण्डकीका टीकाराज गुरुङले २७ मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।  एक गोलले पछि परेको एपीएफले मध्यान्तरपछि आक्रमक खेल खेल्यो ।

५७ मिनेटमा राजेन्द्र रावलको गोलबाट एपीएफ खेलमा फर्किएको थियो । निर्धारित समयको अन्तिममा ७९ मिनेटमा आशिष लामाले गोल गरेपछि एपीएफको जीत निश्चित भएको थियो । गण्डकी प्रदेशले अहिलेसम्म खेलेका तीन खेलमै अग्रता लिएको थियो । तर, जीत निकाल्न सकेको छैन । शुरुवाती अग्रता लिएर पनि पहिलो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको गण्डकी दोस्रो खेलमा ३ नम्बर प्रदेशसँग अंक बाँडेको थियो । ३ नम्बर प्रदेशसँगको खेलमा पनि गण्डकीले अग्रता लिएको थियो । अन्तिममा २÷२ गोल भएको थियो । 

एपीएफले भने पहिलो खेलमा १ नम्बर प्रदेशलाई ६–३ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा ५ नम्बर प्रदेशसँग पराजित भएको थियो । शनिबार नै अपरान्ह चार बजे लगातार दोस्रो जीत निकालेको ५ नम्बर प्रदेशले १ नम्बर प्रदेशसँग प्रतिस्पर्धा गर्दैछ । १ नम्बर प्रदेशले अहिलेसम्म खेलेका दुवै खेलमा पराजय व्यहोरेको छ । दोश्रो खेलमा प्रदेश ५ ले प्रदेश १ लाई ६–२ गोलले हराउदै लगातार तेश्रो जित हात पा¥यो । विजेताका विनोद केसीले ३, पूर्णबहादुर गुरुङले २ र विनोद केवतले १ गोल गरे । प्रदेश १ का राम तामाङले २ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *