फुटवल स्टेडियममा आत्मघाती आक्रमण, ३० को मृत्यु

बग्दाद, एजेन्सी । इराकको राजधानी बग्दादबाट दक्षिणमा रहेको बाबेल प्रान्तको एक फुटवल स्टेडियममा भएको आत्मघाती बम विष्फोटमा कम्तिमा ३० जनाको मृत्यु भएको थियो । एक मैत्रीपुर्ण फुटवल खेल भइरहदै गर्दा इस्कादारियामा सो विष्फोट भएको थियो । सो विष्फोटमा अन्य ९५ भन्दा बढी घाइते भएका छन् । आतंकवादी संगठन आईसिलले सो घटना आफुले गराएको दावी गरेको छ । इराकका उत्तरी र पश्चिमी क्षेत्रका धेरै जसो भुभाग आईसिलको कब्जामा छ । मोबाइल फोनमा खिचेर इराकी सामाजिक संजालमा भाइरल भएको फुटेजमा खेलाडीहरु फुटवल किट्सका साथ ट्रफी लिने तयारीमा थिए र हरेकसँग कम्तिमा एउटा बालक उभिएका थिए ।
एक जनाले भिडमा नया फुटवल फाले लगत्तै क्यामरा डरलाग्दो रुपमा हल्लिएको थियो र फुटेज सकिएको थियो । प्रत्यक्ष दर्शीहरुका अनुसार सो बेला आत्मघाती हमलाकारी भीडमा नै रहेको र उसैले आफैले विष्फोट गराएको हुन सक्ने बताइएको छ । सामाजिक संजालमा देखाइएको दृश्यमा गोलपोष्ट रगताम्य भएको छ । एउटा फुटवल पनि रगतले लतपतिएको दृश्य सार्वजनिक भएको छ । एक प्रत्यक्षदर्शीले भने भीडको विचमा गएर आत्मघाती हमलाकारीले विष्फोट गराएको थियो जतिबेला मेयरले खेलाडीहरुलाई पुरस्कार दिने तयारी गरेका थिए । ’ मारिने मध्ये सो नगरका मेयर अहमद साकेर पनि छन् । विष्फोटबाट मारिनेहरु अधिकांश युवा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *